काठमाडौँ, १७ चैत । बलिउडका चर्चित अभिनेता ऋषि कपुरले रक्सी पसलहरु बेलुका केही समयका लागि खुल्ला राख्नुपर्ने बताएका छन् । उनले मानिस घरमा बस्दाबस्दा डिप्रेशनको शिकार हुन सक्ने र उनलाई अलिकति भएपनि रमाइलो गर्न रक्सीको आवश्यकता पर्ने बताएका छन् ।
उनले आफुलाई यस टिप्पणीबारे गलत नसोच्न समेत आग्रह गरेका छन् ।
भारत सरकारले २१ दिनका लागि लकडाउन गरेको छ ।
यो लकडाउनका बीच मानिसहरुलाई दिन काट्न सहज बनाउनु पर्ने उनको माग रहेको छ ।
त्यस्तै लाइसेन्स लिएका रक्सी पसल खुलाउनु पर्ने बताएका छन् । त्यस्तै हाल रक्सीको कालोबजारी व्यापक रुपमा फैलिएको उनको अनुमान रहेको छ ।
The post ‘लकडाउनमा रक्सी पसल खोल्न दिनुपर्छ’ appeared first on Sajha Post.