Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अर्की बलिउड अभिनेत्री पनि अस्पतालमा

$
0
0

नयाँ दिल्ली, १५ चैत । बलिउड गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको खबर मिडियामा आएपछि यसले ठूलै तहल्का पिट्यो । यो खबर सेलाउन नपाई अर्की एकजना बलिउड अभिनेत्री पनि अस्पताल पुगेकी छिन् ।

बलिउड अभिनेत्री राधिका आप्टेले आफ्नो इन्स्टाग्राममा एउटा फोटो शेयर गरेकी छिन् । उक्त फोटोमा उनी अस्पतालमा देखिएकी छिन् ।

फोटोमा राधिका अनुहारमा मास्क लगाएकी छिन् भने आँखामा चश्मा । उनी बेन्चमा बसेकी छिन् । तस्बिरमा खाली अस्पतालको दृश्य देखिएको छ ।

कोरोना प्रकोपको बीचमा राधिकालाई अस्पतालमा देख्दा उनका फ्यानहरु नआत्तिउन् भनेर उनले कोरोनाको कारणले आफू अस्पताल नपुगेको बताएकी छिन् ।
उनले आफू अन्य कारणले अस्पताल पुगेको बताएकी छिन् । उनले अस्पताल पुग्नुको अन्य कारणबारे भने खुलाएकी छैनन् ।

The post अर्की बलिउड अभिनेत्री पनि अस्पतालमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles