काठमाडौँ, १० चैत । विश्वभर कोरोना भाइरसको प्रकोप रहेको छ । कोरोनाविरुद्ध लड्न विश्वभरबाट सहयोग गर्ने घोषणा भइराखेको छ । खेलाडीहरु, सेलिब्रिटीहरु लगायत विभिन्न संस्थाहरुले सहयोग गर्ने घोषणा गरेका छन् ।
विश्व चर्चित गायिका रिहानाले ५ मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन् । उनले फण्ड कलेक्सन गर्नका लागि अन्य सहयोग गर्ने घोषणा पनि गरेकी छन् ।
कोरोना भाइरसबाट विश्वभर संक्रमितहरुको संख्या ३ लाख ३७ हजार नाघेको छ । त्यस्तै उपचार गरेर फर्किनेको संख्या ९८ हजार ६ सय २७ रहेको छ । भाइरसका कारण हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
The post रिहानाले ५ मिलियन डलर आर्थिक सहयोग गर्ने appeared first on Sajha Post.