Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कोरोना भाइरसः बलिउड फिल्महरुलाई नमिठो धक्का

$
0
0

काठमाडौँ, ३ चैत । कोरोना भाइरसका कारण फिल्मी क्षेत्रमा पनि उत्तिकै ठुलो प्रभाव परेको छ । मिडिया रिपोर्टका अनुसार कोरोनाका कारण अधिंकाश फिल्मका सुटिङ स्थगित भएका छन् । आमिर खानको फिल्म लाल सिंह चड्डा, साहिद कपुरको जर्सी र निकम्मा फिल्मको सुटिङ रोकिएको छ ।

यी फिल्महरुको सुटिङ अन्तिम अवस्थामा आएर स्थगित गर्नुपरेको बताइएको छ ।

त्यस्तै फिल्म बनाए पनि रिलिज गर्न नपाएको पीडा अर्को रहेको समिक्षकहरुले बताएका छन् ।

करोडौँ खर्च गरेर निर्माण गरिएका फिल्महरुले लगानी उठाउने वातावरण नै नभएपछि होल्ड गरेर राख्नु पर्ने अवस्था आएको बताइको छ ।

भाइरस फैलिन नदिन हल बन्द गर्ने निर्णय भएसँगै बलिउडमा पनि ठुलो आर्थिक हानी हुने भएको समिक्षकहरुले बताएका छन् ।

The post कोरोना भाइरसः बलिउड फिल्महरुलाई नमिठो धक्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles