Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‍कार्तिक र कियारा पहिलो पटक सँगै काम गर्दै, ‘भुल भुलैया-२’को शुटिङमा व्यस्त

$
0
0

एजन्सी, ३० फागुन । कार्तिक आर्यन र कियारा आडवाणी दुबै जना अहिले लखनऊमा अनीस बजमीको ‘भुल भुलैया-२’ को सुटिगका लागि व्यस्त छन् ।

पहिलो पटक सँगै काम गरिरहेका आर्यन र कियारालाई देखेर दुबै जनाका फानहरु पनि निकै खुसी देखिन्छन् । यो फिल्म २०२० मा सबै भन्दा धेरै प्रतीक्षा गरिएकाले कहिले काहीँ सुटिग सेटबाट आफ्ना फानहरुलाई सोसल मिडियामा अपडेटहरु शेयर गरेर उत्साहित बनाइरहेका छन ।

आज कार्तिकले आफ्नो इन्स्टाग्राममा सुटिङ सेटबाट तस्बिरहरु शेयर गरेका छन् । एउटा तस्बिरमा मन्दिर र चन्द्रमा देख्न सकिन्छ जसमा उनले पृष्ठभूमिमा अक्षय कुमार र विद्या बालनको फिल्मको ‘मेरे ढोल्ना’ गीत प्रयोग गरेका छन् ।

शेयर गरेको दोस्रो तस्बिरमा भने उनी कियाराको साथमा ऐनाको अगाडि सेल्फी लिइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा गीत पनि जारी भैरहेको छ र यसलाई हिन्दीमा ‘मेरे ढोल्ना सुन्न’ क्याप्शनसहित शेयर गरिएको छ ।

कार्तिकले गित सुट गरेको जस्तो देखिन्छ र सबैले उक्त गीतलाई तीव्र प्रतिक्षा गरिरहेका छन् ।

कार्तिकले आफ्ना इन्स्टाग्राममा केही घन्टा अगाडि एक भिडियो पनि पोस्ट गरे जहाँ उनी आफ्ना प्रशंसकहरूलाई कोरोना भाइरसबाट सुरक्षित रहन आग्रह गरिरहेका छन् । उनले भिडियोमा मास्क लगाएको पनि देखिन्छ ।

‘साथीहरु सुरक्षित रहनुहोस् । यस अबस्थामा थेरै तनाव गर्नु हुन्न् ,#आफ्नो हात थुनुहोस्,#कोरोनास्टपकरोना’ उनले लेखेका छन् ।

The post ‍कार्तिक र कियारा पहिलो पटक सँगै काम गर्दै, ‘भुल भुलैया-२’ को शुटिङमा व्यस्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles