काठमाडौं, २८ फाल्गुन । भिन डिजलले कोरोना भाइरसको त्रासका कारण आफ्नो फिल्म ब्लडशट वा फास्ट एन्ड फ्यूरियस ९ मा ढिलाइ नहोस् भन्ने चाहन्छन् ।
५२ वर्षीय अभिनेता सधैं आफ्ना फ्यानहरूलाई खुशी पार्न कटिबद्ध छन् । उनी स्वीकार गर्दछन् कि श्वासप्रश्वास रोगको त्रास भएपनि उनी चीनमा एफ९ को प्रोमोट गर्नुपर्ने बताउँछन् ।
यता जेन्स बोन्डको फिल्म ‘नो टाइम टु डाइ’को रिलिज डेट भने अप्रिलबाट सारेर नोभेम्बरमा पुर्याइएको छ । अमेरिकामा दिएको अन्तर्वार्तामा, डिजेलले भने- ‘मलाई श्रोता र फ्यानहरूमाझ देखा पर्न मन पर्छ किनभने उनीहरूले मेरो लागि कति देखिएका छन् भन्ने कुरा भगवानलाई मात्रै थाहा छ ।’
‘म व्याकुल छु। म सोनीलाई बिन्ती गर्न चाहन्छु- मलाई अहिले नै चीन जान दिनुहोस्’, उनले भने ।
डिजेलले एफ९ रिलिज मेमा गर्ने निर्णयमा प्रश्न उठाउनेलाई आफूले दोष नदिने पनि बताएका छन् । तर युनिभर्सल पिक्चर्सले निर्धारित समयमा नै फिल्म रिलिज गर्नुपर्ने उनको भनाइ छ ।
‘ यदि कसैले फिल्म रिलिज गर्ने समयलाई लिएर हामीलाई मुर्ख भन्यो भने उनीहरु कसैलाई पनि दोष दिन्नँ’, डिजेलले भने, ‘तर हामीहरुलाई पहिले भन्दा धेरै चलचित्रहरू चाहिन्छ । हामी एकदमै चाखलाग्दो समयमा छौं, जहाँ सिनेमा र सिनेमाको अनुभव धेरै खतरामा छ । त्यसैले, यसलाई रेकर्डमा राख्नुहोस्, हामी जाने छौं ।’
डिजेलले सिनेमाका अनुभवको ‘जादू’ लाई समर्थन गर्न चाहन्छन् । फिल्म भनेको बक्स अफिसमा पैसा कमाउने मात्रै होइन, खुशी फैलाउने माध्यम पनि हो भन्ने उनको तर्क छ । उनले भने, ‘सिनेमाको अनुभवमा एउटा जादु छ । म प्रत्येक तरिकाबाट त्यसलाई समर्थन गर्न चाहन्छु । उच्च सोच केवल बक्स अफिसमा मात्र केन्द्रित गर्नु होइन, तर हामीलाई थाहा हुनुपर्छ कि हामी सबै एक संसारका छौं र हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’
डिजेलले यो पनि दाबी गरे कि उनले परिस्थितिलाई ब्ल्याडशटमा आफूले निभाएको भूमिकाको नजरबाट परिस्थितिलाई हेरिरहेका छन् । जसमा उनले एक सिपाहीको भूमिका खेल्छन् र ती सिपाहीले नानो टेक्नोलोजीको प्रयोगबाट पुनर्जीवन प्राप्त गर्छन् । र उनलाई महाशक्ति मिल्नेछ ।
‘मैले यो कुरालाई यसरी भन्न चाहन्छु-‘ब्ल्याडशट’ एक सिपाही हो र सिपाहीलाई आफू कहाँ र कहिले खटाइन्छ भन्ने थाहा हुँदैन । तर हामी सहभागी हुन्छौं’, डिजेलले भने ।
The post कोरोना भाइरसको त्रासमाझ भिन डिजल चीन जान चाहन्छन् appeared first on Sajha Post.