काठमाडौँ, १४ माघ । पछिल्लो समय भारतमा एनआरसी र सिएएलाई लिएर विवाद चलिराखेको छ । यस विषयलाई लिएर कलाकारहरुमा पनि मतभेद रहेको छ । लामो समयदेखि यो विवाद चलेपनि शाहरुख खान मौन रहेका थिए ।
अन्ततः उनले यसबारे मुख खोलेका छन् । उनले आफ्नो घरमा धर्मको बारेमा कुरा नहुने बताएका छन् । पछिल्लो समय देशमा धर्मलाई लिएर ठुलो विवाद चलेको र यसले कुनै पनि पक्षलाई फाइदा नहुने उनले बताएका छन् ।
उनले सरकारले लिएको नीतिप्रति भने मौन रहे । उनले आफ्नो परिवारको उदाहरण दिदै धर्मले कसैलाई पनि पक्षपात गर्न नभनेका बताएका छन् । उनले भनेका छन्, ‘मेरो परिवारमा पनि विभिन्न धर्म मान्नेहरु रहेका छन् । तर, एकले अर्कालाई सम्मान गर्दै आइरहेका छौँ ।’
धर्मले आत्मियता बढाउने तर यसको गलत व्याख्याले विनाश ल्याउने उनले बताएका छन् ।
The post ‘ मेरो घरमा धर्मबारे कुरै हुँदैन’ appeared first on Sajha Post.