Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कस्तो छ अभिनेत्री शवाना आजमीको अवस्था ?

$
0
0

काठमाडौँ, ७ पुस । पुणे एक्स्प्रेसवेमा सडक दुर्घटनामा नराम्ररी घाइते भएकी अभिनेत्री शबना आजमीको अवस्था केही सुधार आएको बताइएको छ। जनवरी १८ मा खाँडालाको बंगलातर्फ जाँदै गर्दा कार दुर्घटनामा परी शबाना घाइते भएकी हुन् । उनी कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालको आईसीयूमा रहेकी छिन् ।

दुर्घटना पछि शबाना आजमीलाई तुरुन्तै रायगढ़ जिल्लाको पनवेलस्थित एमजीएम अस्पतालमा भर्ना गरिएको थियो र सबै परीक्षण पछि उनलाई केही घण्टामै अन्धेरीको कोकिलाबेन धीरुभाई अम्बानीमा सारिएको थियो।

मिडिया रिपोर्टका अनुसार एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड र विभिन्न प्रकारका परीक्षणहरूले उनलाई थप गम्भीर चोटपटक नरहेको देखाएको छ ।

दुर्घटनामा शबाना आजमीको अनुहार र टाउकोमा गहिरो चोट लागेको बताइएको थियो ।

उनको अवस्थामा सुधार आइरहेको बताइएको छ । उनलाई आईसीयूमा डाक्टरको सुपरिवेक्षणमा राखिएको छ।

The post कस्तो छ अभिनेत्री शवाना आजमीको अवस्था ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles