काठमाडौँ, २९ पुस । बलिउड अभिनेता टाइगर श्रौफको फिल्म बागी ३ को सुटिङ दिल्लीमा क्यानसिल भएको छ । मिडिया रिपोर्टका अनुसार दिल्लीमा चलिरहेको आन्दोलनका कारण फिल्मको स्थान नै सानुपर्ने भएको छ ।
अब यस फिल्मको अन्तिम सुटिङ जयपुरमा हुने भएको छ ।
बागी ३ मात्रै नभई अन्य फिल्महरुले पनि दिल्लीमा गर्ने भनेका सुटिङहरु अन्य ठाउँमा सारेका छन् । अवस्था गम्भिर रहेका कारण पनि जोखिम लिन नसकिने भन्दै उनीहरुले अन्य स्थानमा सुटिङ सार्ने बताएका हुन् ।
उता राज कुमार रावको फिल्म द ह्वाइट टाइगरको सुटिङ पनि रोकिएको छ । उक्त फिल्मले पनि आफ्ना बाँकी काम अन्य क्षेत्रमा नै गर्ने निर्णय गरिसकेको छ ।
The post दिल्लीमा कैयौँ फिल्महरुको सुटिङ रद्द appeared first on Sajha Post.