Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जेएनयु घटनाबारे के भन्छन् अजय देवगन ?

$
0
0

काठमाडौँ, २५ पुस । बलिउडका केही कलाकारहरुले जेएनयु घटनाबारे प्रतिक्रिया दिन थालेका छन् । फिल्म निर्देशक अनुराग कश्यपले भारतीय जनता पार्टीको खुलेरै विरोध गरेपछि अन्य कलाकारहरुले पनि आफ्नो प्रतिक्रिया दिन थालेका छन् ।

केही दिन अगाडि बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले आक्रमणमा घाइते भएका विद्यार्थीहरुलाई भेटघाट गरेकी थिइन् । करिब १० मिनेट बसेर उनी फर्किएकी थिइन् । उनी मौन रहे पनि धेरै कुरा बताएको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार यही

घटनाका कारण उनको फिल्म नहेर्न विजेपी कार्यकर्ताहरुले प्रचार गरिरहेका छन् ।

फिल्म तन्हाजीको प्रचारमा रहेका अजय देवगनले पनि उक्त घटनाबारे प्रतिक्रिया दिएका छन् । उक्त घटनाबारे आफु प्रष्ट नरहेको तर जुन आक्रमण भएको छ त्यो अत्यन्त दुःखद् घटना भएको उनले बताएका छन् ।

शिक्षा क्षेत्रमा यस्ता घटना हुनु दुःखदायी भएको उनले बताएका छन् ।

The post जेएनयु घटनाबारे के भन्छन् अजय देवगन ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles