Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गायक रामकृष्ण ढकाल र निलमबीच सम्बन्धविच्छेद

$
0
0

काठमाडौं, ९ पुस । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले सम्बन्धविच्छेद गरेका छन् ।

ढकाल र निलमले बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् । दुबै जनाले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

बुधबार दुबैजना अदालत उपस्थित भएका थिए । अदालतले मिलापत्रका आधारमा दुबै जनालाई सम्बन्धविच्छेद गराएको हो ।

शाहले ढकालबाट कुनैपनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्धबिच्छेद गरेकी छन् ।
तर छोरीको शिक्षा र स्वास्थ्यको जिम्मेवारी भने दुबैजनाले संयुक्तरुपमा गर्ने सहमति गरेका छन् ।

ढकाल र शाह वि.स. २०५९ सालमा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । विवाह भएको १७ वर्षपछि दुबैजनाबीच सम्बन्धविच्छेद भएको हो । दुबैजनाकी एक छोरी छन् ।

अपडेट ८ः५९
यद्यपि, बुधबार साँझ रामकृष्ण ढकालले फेसबुक स्टाटस लेख्दै समाचारको खण्डन गरेका छन् । ‘दुनियाँले जे भने पनि हाम्रो सम्बन्ध कहिल्यै मर्दैन,’ ढकालले फेसबुकमा तस्बिरसहित स्टाटस लेखेका छन् ।

The post गायक रामकृष्ण ढकाल र निलमबीच सम्बन्धविच्छेद appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles