Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

किन भइरहेको छ ‘बिग बोस’को विरोध र आलोचना ?

$
0
0

काठमाडौं, २६ असोज । यतिबेला चर्चित रियालिटी शो ‘बिग बोस’को विरोध र आलोचना गर्नेको संख्या बढिरहेको छ ।

यस पटक १३ औं सिजन सुरु भएको २ हप्तामा नै ‘बिग बोस’ विवादमा तानिएको हो । यसअघि समेत यो कार्यक्रम विवादमा तानिँदै आएको थियो ।

शुक्रबार मात्रै मुम्बइमा ‘बिग बोस’विरुद्ध प्रदर्शन गरिएको थियो । कार्यक्रम प्रस्तोता सलमान खानको घर अगाडि विरोध गरिरहेका २० जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

अखिल भारतीय व्यापारी परिसंघ (सीएआईटी) जस्ता संगठनले समेत ‘बिग बोस’को चर्को आलोचना गरेका छन् । सीएआईटीले कार्यक्रममाथि तत्काल प्रतिबन्ध लगाउनु पर्ने माग समेत राखेको छ । शोमा आपत्तिजनक दृश्य देखाइएको हुनाले कार्यक्रममाथि प्रतिबन्ध लगानुपर्ने सीएआईटीको भनाइ छ ।

कतिपयले ‘बिग बोस’ मा देखाइने दृश्यले भारतीय संस्कृतिको खिल्ली उडाएको आरोप लगाएका छन् ।

करणी सेना समेत विरोधमा उत्रियो 

फिल्म ‘पद्मावत’विरुद्ध विरोध गरेर चर्चामा आएको करणी सेनाले समेत ‘बिग बोस’ विरुद्ध आवाज उठाएको छ । करणी सेनाले कार्यक्रमविरुद्ध गुनासो गरेको हो । करणी सेनाले भारतीय सूचनामन्त्री प्रकाश जावडेकरलाई एक पत्र समेत लेखेको छ । उक्त पत्रमा ‘बिग बोस’मा देखाइने दृश्यले हिन्दु सभ्यता र संस्कृतिको अपमान गरेको आरोप लगाइएको छ ।

त्यस्तै उपदेश राणा नामक व्यक्तिले ‘बिग बोस’ तत्काल बन्द गर्नुपर्ने भनेर भिडियोमार्फत् चेतावनी दिएका छन् । भिडियोमा राणालाई खानको घर अगाडि उभिएर शोमा सहभागी कलाकार र निर्माताले ‘बिग बोस’मार्फत भइरहेको अश्लीलता प्रसार तत्काल रोक्नुपर्ने भनेर चेतावनी दिएको देख्न सकिन्छ ।

यस पटक ‘बिग बोस’ विवादमा तानिनुको अर्को कारण शोमा लागू गरिएको नयाँ सेटअप समेत रहेको कतिपयको भनाइ छ । शोको नयाँ सेटअप अनुसार सलमान खानले शोमा प्रवेश गर्नुपूर्व नै प्रतिस्पर्धीलाई ‘तपाईंको BFF (ब्याइ फ्रेन्ड फरएभर) को बन्न सक्छ ?’ भनेर सोधेका थिए । BFF सम्बन्धी नयाँ नियमका कारण यस पटकको सिजनमा एउटै बेडमा २ जना सहभागी सुतिरहेका छन् ।

यही नियमका कारण सिजन सुरु भएदेखि नै महिला र पुरुष सहभागीले सँगै बेड शेयर गरिरहेका छन् । यही भएर नै धेरै मानिसले ‘बिग बोस सिजन-१३’ को विरोध गरेका हुन् ।

चर्को विरोध हुँदै गएपछि कार्यक्रम प्रस्तोता खानको घर बाहिर सुरक्षा व्यवस्था पारिएको छ ।

 

The post किन भइरहेको छ ‘बिग बोस’को विरोध र आलोचना ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles