Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘नागिन-४’चाँडै नै हेर्न पाइने, नयाँ सिजनको प्रोमो सार्वजनिक (भिडियोसहित)

$
0
0

एजेन्सी, १३ असोज । तीनवटा सफल सिजनपछि एकता कपुरले चर्चित टिभी सिरिज ‘नागिन’को चौथो सिजन लिएर आउने तयारी गरेकी छन् ।

केही समयअघि कपुरले ‘नागिन’को चौथो सिरिज बनाउने घोषणा गरेकी थिइन् । ‘नागिन-४’ बनाउने घोषणा गरेकी एकताले बेला-बेला नयाँ सिजनबारे जानकारी समेत दिँदै आएकी थिइन् ।

यसै क्रममा नयाँ सिजनको प्रोमी भिडियो समेत सार्वजनिक गरिएको छ । नयाँ सिजनको प्रोमोमा २ जना नागिनले सँगै जंगलमा गएर शिवलिङ्गको पूजा गरेको देख्न सकिन्छ । भिडियोमा दुबैजनाले शिवलिङ्गलाई हात जोडेपछि नागमणि देखा पर्छ ।

त्यस्तै नयाँ सिजनको प्रोमोमा सबै मानिसको भाग्य फरक-फरक हुने तर २ जनाले कुनै अर्को मानिसको भाग्यमा बाँचिरहेको अवस्थामा के हुन्छ भनेर समेत उल्लेख गरिएको छ ।

मौनी राय र अर्जुन बिजलानीले सुरु गरेको ‘नागिन’ सिरिजमा करिश्मा तन्ना, सुरभी ज्योती, अनिता असनदानी, रजत टोकस र पर्ल वी जस्ता चर्चित अनुहारले अभिनय गरिसकेका छन् ।

‘नागिन-४’बारे पूर्ण विवरण भने बाहिर आएको छैन । यता दर्शकहरु भने नयाँ सिजनको कथा र कलाकारबारे थाहा पाउन प्रतिक्षारत छन् ।

एकताले ‘नागिन-४’ बनाउने घोषणा गरेपछि दर्शकले मौरी रायलाई पुन: नागिनको भूमिकामा खेलाउनु पर्ने सुझाव दिएका थिए । तर नयाँ सिजनमा हिना खान र विवेक दहियालाई एकताले मौका दिएको खबर बाहिर आएको छ । तर यसबारे पुष्टि हुन भने सकेको छैन ।

प्रोमो हेर्न तल क्लिक गर्नुहोस्:

 

View this post on Instagram

 

#NAAGIN4 ….TEASER 🐍🐍🐍🐍🐍🐍🐍🐍Aaj #bigboss aur bahut jald #nagin4 …. only on @colors #colorsweekendgetsgoingagain

A post shared by Erk❤rek (@ektaravikapoor) on

The post ‘नागिन-४’ चाँडै नै हेर्न पाइने, नयाँ सिजनको प्रोमो सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles