काठमाडौँ, ६ असोज । पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री हुन् दीपिका पादुकोण । तर, उनले चर्चित निर्देशक लव रञ्जनको आगामी फिल्म रॉम कॉम छोडेकी छिन् । यस फिल्ममा रनवीर कपुर र अजय देवगनको प्रमुख भुमिका रहेको छ ।
दीपिकाले यस फिल्मलाई बाइबाइ भनेपछि अभिनेत्री श्रद्धा कपूरलाई साइन गराइएको छ । पहिलोपटक श्रद्धा र रणबीर कपूरको रोमान्स यस फिल्ममा देख्न पाइने भएको छ ।
अर्को समाचार अनुसार श्रद्धा फिल्म छिछोरेका डायरेक्टर नितेश तिवारीको ६०० करोडको बजेटमा निर्माण हुन लागेको फिल्मका लागि पनि अनुबन्धित भएकी छिन् ।
यो पीरियड ड्रामा रामायणमा उनको प्रमुख भुमिका रहेको समेत बताइएको छ ।
यस फिल्ममा सीताको भुमिकामा श्रद्धालाई देख्न पाइने छ ।
यस फिल्मका लागि दीपिकालाई पनि अफर गरिएको थियो । तर, यस फिल्ममा पनि श्रद्धा कपुरले बाजी मारेको बताइएको छ ।
The post ‘सीता’ बन्दै श्रद्धा, दीपिकालाई अफर गरिएका फिल्महरुमा श्रद्धा अनुबन्धित appeared first on Sajha Post.