Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आइफा अवार्ड २०१९ : कसले कुन पुरस्कार जिते ? (सूचीसहित)

$
0
0

एजेन्सी, २ असोज । यस वर्षको आइफा अवार्ड बुधबार राति मुम्बईमा सम्पन्न भएको छ ।

अवार्ड वितरण कार्यक्रममा बलिउड चर्चित कलाकारहरु सहभागी थिए । अवार्ड वितरण कार्यक्रममा सलमान खान, कैटरिना कैफ, आलिया भट्ट, आयुष्मान खुराना, विक्की कौशल, रणवीर सिंह, दिपिका पादुकोण जस्ता हस्ती उपस्थित थिए ।

यस क्रममा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो । । यसपटक ‘बेस्ट एक्टर’ (सर्वोत्कृष्ट नायक) को अवार्ड पद्मावतका लागि रणवीर कपुरलाई र ‘बेस्ट एक्ट्रेस’ (सर्वोत्कृष्ट नायिका) को अवार्ड राजीका लागि आलिया भट्टलाई प्रदान गरिएको थियो ।

यस्तो छ अवार्डको पूर्ण विवरण : 

सर्वोत्कृष्ट चलचित्र : राजी 

सर्वोत्कृष्ट नायक : रणवीर सिंह (पद्मावत)

सर्वोत्कृष्ट नायिका : आलिया भट्ट (राजी)

सर्वोत्कृष्ट निर्देशन : श्रीराम राघवन (अन्दाधुन)

सर्वोत्कृष्ट सह-नायक : विक्की कौशल (सन्जु)

सर्वोत्कृष्ट सह-नायिका : अदिती राओ हैदरी (पद्मावत)

सर्वोत्कृष्ट डेब्यु नायिका : सारा अलि खान

सर्वोत्कृष्ट डेब्यु नायक : खट्टर 

सर्वोत्कृष्ट संगीत : सोनु के टिटु कि स्विटी 

सर्वोत्कृष्ट पटकथा : अन्धाधुन 

सर्वोत्कृष्ट गीत : अमिताभ भट्टाचार्य (ढडक)

सर्वोत्कृष्ट गायक : अरिजित सिंह (वे वतन, राजी)

सर्वोत्कृष्ट  गायिका : हर्षदिप कौर र भिबा सराफ (दिलबरो, राजी) 

लाइफ टाइम अचिभमेन्ट अवार्ड : जगदिप

गत २० वर्षका सर्वोत्कृष्ट नायक : रणवीर कपुर

गत २० वर्षकी सर्वोत्कृष्ट नायिका : दिपिका पादुकोण 

गत २० वर्षको सर्वोत्कृष्ट चलचित्र : कहो ना प्यार है 

गत २० वर्षका सर्वोत्कृष्ट संगीतकार : प्रितम 

गत २० वर्षका सर्वोत्कृष्ट निर्देशक : राजकुमार हिरानी 

 

 

The post आइफा अवार्ड २०१९ : कसले कुन पुरस्कार जिते ? (सूचीसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles