काठमाडौँ, २७ भदौ । कुनै समय निकै चर्चामा रहेका फिल्म निर्माता हुन् बोनी कपुर ।
पछिल्लो समय उनी बलिउडमा खासै सक्रिय रहेका छैनन् ।
तर, अब उनले एक विज्ञप्ति जारी गर्दै रिमेक फिल्म बनाउने जानकारी दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले सुपरहिट फिल्म बधाइ हो लाई रिमेक गर्ने भएका छन् । उनले यस फिल्मलाई तामिलमा रिमेक बनाउने बनाउने भएका छन् ।
सानो बजेटमा १०० करोडभन्दा बढीको कमाइ गरेको यस फिल्मलाइ उनले तामिलमा बनाउने घोषणा गरेका हुन् । यस फिल्ममा को को कलाकारहरु हुने त्यसको कुरा छिट्टो नै टुंगो लगाउने बताइएको छ ।
The post तामिलमा ‘बधाइ हो’ को रिमेक बनाउँदै बोनी कपुर appeared first on Sajha Post.