Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘कुली नम्बर–१’को सुटिङमा व्यस्त छन् वरूण र सारा

$
0
0

काठमाडौँ, १२ भदौ । पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् सारा अलि खान । छोटो समयमा नै उनी बलिउडमा जम्न सफल भइन् । उनी पछिल्लो समय वरुण धवनको साथमा ‘कुली नम्बर–१’को सुटिङमा व्यस्त छन् । वरुण र सारा दुवै उक्त फिल्मको एक गीतको सुटिङमा व्यस्त छन् ।

उनीहरु उक्त फिल्मका गीतहरुको अभ्यास गरिरहेका छन् । यसै क्रममा सोसल मिडियामा एउटा भिडियो भाइरल बनिरहेको छ, जहाँ अभिनेत्री सारा रामान्टिक मुडमा देखिएकी छन् ।

इन्स्टाग्राममा साराको सो भिडियो भाइरल बनिरहेको छ, जहाँ क्यामेराको पछाडि रहेका बरुणलाई डान्स गर्नका लागि साराले आग्रह गरिरहेकी छन् ।

सारा र बरुणले रिहर्सल गरिरहेका यस गीतको कोरिग्राफी गणेश आचार्यले गरिरहेका छन् । भर्खरै मात्र अभिनेता बरुणले पनि एक तस्वीर सेयर गरेका थिए– जहाँ उनीहरु तीनै जना देखिएका छन् । सारा र बरुण पहेँलो ड्रेसमा देखिएका छन् ।

The post ‘कुली नम्बर–१’को सुटिङमा व्यस्त छन् वरूण र सारा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles