काठमाडौं, ४ भदौ । अधिवक्ता भावना सिलवाल त्रिपाठी र लक्ष्मी रेग्मी तीजको सन्देशमुलक गीत लिएका आएका छन् । गीत संगीत केवल मनोरञ्जनका लागि मात्र नभएर सामाजिक रुपान्तरणका लागि समेत हुनुपर्छ भन्ने मान्यता राख्छिन् अधिवक्ता भावना ।
सन्देशमुलक तीज गीत ‘आयो तीज लहै छायो तीज’मा घरदेखि देशसम्मका विकृति विसंगति पर्गेल्दै समाधान पनि सुझाउन प्रयास गरेका छन् । भावनाको आफ्नै शब्द र प्रमोद पन्तको मौलिक लय रहेको गीतमा बिमला परिया र मनमा राईले कोरस आवाज दिएका छन् ।
प्रमोद पन्तको निर्देशन रहेको म्यूजिक भिडियोलाई दिपक जोशीले छायांकन गरेका छन् भने सदीश जोशीले सम्पादन गरेका छन् ।
यस्तो छ ‘आयो तीज लहै छायो तीज’-
The post तीजमा भावनाको सन्देशमुलक गीत- आयो तीज, छायो appeared first on Sajha Post.