काठमाडौँ, ७ साउन । बाहुबलीपछि प्रभासले धेरै फिल्म गर्न चाहेनन् । उनलाई अफर भने आएको आए थिए । तर, उनले साहोका लागि लामो समय दिए । उक्त फिल्म रिलिजको तरखरमा रहेको छ । बलिउड फिल्मको बर्चस्व आज पनि उक्तिकै रहँदा दक्षिण भारतीय फिल्मका स्टारलाई केही असहज आज पनि भइरहेको छ ।
स्टार प्रभास अभिनित फिल्म ‘साहो’ १५ अगस्ट बाट ३० अगस्टमा रिलिज हुने भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अक्षय कुमारको फिल्म मिसन मंगलका कारण यसअघि अगस्ट १५ मा रिलिज गर्ने भनेर फिक्स गरेको समय सारेको थियो ।
मिडिया रिपोर्ट अनुसार फिल्म ३० अगस्ट बाट पछाडि सरेर ६ सेप्टेम्बरमा रिलिज हुन लागेको हो । यसको मुख्य कारण फिल्मको भिएफएक्सको काम अझै पुरा हुन सकेको छैन ।फिल्ममा अत्यधिक मात्रामा भिएफएक्सको प्रयोग भएको छ ।
The post साहोको रिलिज डेट फेरि सर्यो appeared first on Sajha Post.