Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘म कुनै सन्त होइन, गाली दिन मलाई पनि आउँछ’

$
0
0

काठमाडौँ, २० चैत । भारतका कमेडियन कपिल शर्मा पुनः एकपटक चर्चामा आएका छन् । उनी यसपटक भने उनको कमेडी कार्यक्रम हिट हुँदै गएका कारण चर्चामा आएका हुन् । कुनै समय यही सो कारण उनी चर्चाको शिखरमा पुगेका थिए ।

तर, आफ्नै सहकर्मीसँग सम्बन्ध बिग्रिएपछि उनको कार्यक्रममा ठुलो धक्का लागेको थियो । कार्यक्रम त बन्द नै भयो उनले खेलेको फिल्म पनि फ्लप हुन पुग्यो । अन्ततः उनी डिप्रेशनको शिकार भए ।

तर, आफुलाई सम्हाल्दै अगाडि बढेका उनी पुनः चर्चाको पात्र बनेका छन् ।

उनले कमेडी सो पुनः टप कार्यक्रमका रुपमा परिचीत हुन थालेको छ । उनले आफ्नो खराब दिनहरुले ठुलो पाठ सिकाएको बताएका छन् ।

उनीप्रति गरिने टिप्पणीले पनि खासै असर नगर्ने बताएका छन् ।

सुनिल ग्रोवरसँग पुनः काम गर्न उत्साहित रहेको समेत उनले बताएका छन् । उनले आफुले दिने गालीबारे पनि बोलेका छन् । उनले भनेका छन्,’ म कुनै सन्त होइन, गाली दिन मलाई पनि आउँछ ।’

The post ‘म कुनै सन्त होइन, गाली दिन मलाई पनि आउँछ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles