एजेन्सी । पोर्न स्टारबाट एकाएक बलिउड चर्चा कमाएकी अभिनेत्री सनी लियोनीलाई बिबिसीले संसारका १०० प्रभावशाली महिलाहरुको सूचीमा सामेल गरेको छ । यस सूचीमा विभिन्न क्षेत्रमा आवद्भ व्यक्तित्वहरु जस्तै व्यापार, ईन्जीनियरिङ, स्पोर्टस्, फेशन वल्र्ड र मनोरन्जन क्षेत्रका महिलाहरु समावेश छन् । हालै जारी भएको सूचीमा २० वर्षकी विद्यार्थीदेखि १०५ वर्षकी मेंटालिस्टसम्म अटाएका छन् ।
सनी लियोनीले सन् २०११ मा बिग बोसमार्फ बलिउडमा प्रवेश गरेकी हुन् । त्यस समय उनी पोर्न स्टार थिइन् । तर, बिग बोसपछि उनको जीवन नै बदलियो । साथै उनले सन् २०१२ मा बलिउड फिल्म ‘जिस्म २’ बाट बलिउडमा डेब्यू गरिन् । हालसम्म उनले दर्जन फिल्ममा काम गरिसकेकी छन् । उनी असफल हुँदा पनि काम पाउने सेलिब्रेटीमा पर्छिन् । उनले काम गरेका फिल्महरु बक्स अफिसमा नचल्दा पनि पनि उनलाई एकपछि अर्को फिल्ममा काम पाइरहेकी छन् । सोही कारण उनलाई विश्वका सय प्रभावशाली महिलाको सूचीमा समावेश गरिएको हुनसक्ने धेरैले अड्कल काटेका छन् ।
यो सूचीमा नेपालका दुई जना महिला परेको बताइएको छ ।
The post यसकारण विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परिन् सनी appeared first on Sajha Post.