Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बबि देवलको २३ वर्षको बलिउड करियरलाई छोरा आर्यमानले दिए यसरी चुनौती

$
0
0

एजेन्सी, १७ माघ । बलिउड अभिनेता बबि देवलले २७ जनावरीमा आफ्नो जन्मदिन मनाए । त्यस अवसरमा उनले आफ्नो छोरा आर्यमानसँग एउटा तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । हेर्दाहेर्दै त्यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो र ट्रोल बन्न पुग्यो ।

वास्तवमा बबि देवलको त्यस तस्वीर उनको छोरा आर्यमानको कारणले ट्रेण्डमा आएको हो । उनको छोरा आर्यमान निकै स्मार्ट छन् । उनको तस्वीर भाइरल भएपछि बबिका धेरै फलोअर्सहरु आर्यमानको फ्यान बन्न पुगे ।

बबिले पोस्ट गरेको तस्वीरले नै उनको आफ्नै स्टारडमलाई चुनौती दियो । वास्तवमा बबि देवलले बलिउडमा आफ्नो २३ वर्ष लगानी गरिसकेका छन् । तर आजसम्म उनको कहिल्यै यदि हदसम्म चर्च बटुलेका थिएनन् जति उनको छोरासँगको तस्वीरले एक दिनमा बटुल्यो ।

उक्त तस्वीरसहित क्याप्सनमा बबिले लेखेका थिए, ‘जिन्दगीको ४९ वर्ष निकै राम्रो थियो ५० औं अझ राम्रो हुनेछ । मेरो छोराले यो परिवर्तनलाई महसुस गर्न सकिरहेको छ । उसले मलाई एउटा साथीको रुपमा पायो । तपाईको प्रेमले मेरो जीवन खुशीमय हुनेछ । म आज पनि आफूलाई २० वर्षको जस्तै महसुस गरिरहेको छु ।’

यस अघि पनि २०१८ को आईफा अवार्डमा आर्यमानको तस्वीर भाइरल भएको थियो । अवार्ड शोमा आर्यमान आफ्नो बुवासँग देखिएका थिए । आर्यमान अहिले १७ वर्षका भएका छन् । उनी मिडियाबाट टाढा रहन रुचाउँछन् ।

The post बबि देवलको २३ वर्षको बलिउड करियरलाई छोरा आर्यमानले दिए यसरी चुनौती appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles