Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

छोरा जुनैदको बलिउड डेब्यूका लागि आमिर खानले राखे यस्ता शर्त

$
0
0

एजेन्सी, १५ माघ । जान्हवी र सारा अली खानपछि अर्को एकजना स्टारकिड चाँढै नै बलिउडमा डेब्यू गर्दैछ । यो स्टारकिड अरु कोही नभएर बलिउडमा मिस्टर पर्फेक्सनिष्ट नामले परिचित आमिर खानका छोरा जुनैद खान हुन् ।

यसैबीच खबर आएको छ कि बलिउडमा प्रवेश गर्नका लागि आमिरले छोरा जुनैदको अगाडी एउटा शर्त राखेका छन् जुनबारे तपाईले थाहा पाउनु भयो भने तपाई आमिरलाई रियल लाइफमा पनि मिस्टर पर्फेक्सनिष्ट भएको मान्नु हुन्छ ।

अधिकांश स्टारकिडहरु आफ्नो अभिभावकको बलमा फिल्म क्षेत्रमा प्रवेश गर्ने अवसर पाउँछन् । उनीहरुलाई न स्क्रिन टेस्ट दिन आवश्यक पर्छ न अवसरको खोजीमा भड्किन ।

तर आमिर खानले छोरा जुनैदको डेब्यूका लागि भने अलग्गै योजना बनाएका छन् । जुनैदले कुन फिल्मबाट डेब्यू गर्दै छन् यो कुराको त खुालासा भएको छैन तर उनको डेब्यूबारे आमिरको शर्त भने सार्वजनिक भैसकेको छ ।

आमिर वास्तवमा जुनैद आफ्नो ल्याकत र ताकतमा बलिउडमा प्रवेश गरोस् भन्ने चाहान्छन् । यसकारण उनी चाहान्छ जुनैद पहिले आफ्नै बलमा स्क्रिन टेस्ट पास गरुन् । आमिर खान भन्छन्,‘म जुनैदको लागि सही काहानीको प्रतिक्षामा छु । मैले उसको काम देखे यसकारण धेरै खुशी छु ।’

आमिर आफू स्क्रिन टेस्टमा विश्वास गर्ने बताउँछन् ।

साथै उनले यदि कतै भविष्यमा आफ्नो बायोपिक बन्यो भने त्यसमा आफ्नो रोल जुनैदले निभाओस् भन्ने चाहाना रहेको बताए ।

जुनैद अहिले २६ वर्षका भएका छन् । उनी आमिरको पहिलो श्रीमती रिना दत्ता पटिका छोरा हुन् ।

The post छोरा जुनैदको बलिउड डेब्यूका लागि आमिर खानले राखे यस्ता शर्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles