Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जान्हवी कपुरकाे खराब बानीका कारण तनावमा छन् बुवा बाेनी कपुर

$
0
0

एजेन्सी, १३ माघ । आफ्नो डेब्यू फिल्म ‘धडक’ बाट लाखौं मुटुको धड्कन बनेकी अभिनेत्री जान्हवी कपुर आजभोलि आफ्नी बहिनी खुशी कपुरसँग बेलायतमा छुट्टी मनाइरहेकी छिन् । जान्हवी बुवा बोनी कपुरको एकदमै प्यारी छोरी हुन् । आमा श्रीदेवीको निधनपछि उनीहरुको सौतेनी दाजु अर्जुन कपुर र दिदी अंशुलाले पनि यी दुईको ध्यान राखिरहेका छन् ।

यी सबैको बावजूद पनि बोनी कपुर छोरी जान्हवीलाई लिएर निकै तनावमा छन् । वास्तवमा बोनीलाई तनाव दिने कारण जान्हवीको एउटा बानी हो ।

जान्हवीले आफ्नो र बुवा बोनी कपुरको एउटा ह्वाट्स एप चैट शेयर गरेकी छिन् । शेयर भएको चैटमा बोनीले जान्हवीलाई अखबारको एउटा कटिङ गरिएको टुक्रा पठाएका छन् । त्यस टुक्रामा लेखिएको छ,‘के तपाईलाई एक्सरसाइज गर्ने लत छ । एक अध्ययनको अनुसार फिटनेस हासिल गर्न तपाई आवश्यकताभन्दा धेरै एक्सरसाइज गर्नुहुन्छ भने यो तपाईका लागि हानिकारक साबित हुनसक्छ ।’

त्यसको प्रतिक्रियामा जान्हवीले एउटा इमोजी पठाएकी छिन् ।

जान्हवी आफ्नो फिटनेसलाई लिएर चर्चामा आउने गर्छिन् । आजभोलि उनी अत्यधिक समय जिम सेन्टरमा बिताउँदै छिन् ।

मिडिया रिपोर्टहरुका अनुसार जान्हवीका बुवा बोनी कपुर हालका दिनमा निकै चिन्तित छिन् । साथै उनी जान्हवीको पिआर टिमसँग पनि रिसाएका छन् । बोनीलाई जान्हवीको टिमले उनलाई राम्रो हाइलाइट गर्न नसकेको जस्तो लाग्छ । उनी छोरी जान्हवीको त्यस्तै चर्चा देख्न सुन्न चाहन्छन् जुन अहिले सारा अली खानले पाइरहेकी छिन् ।

The post जान्हवी कपुरकाे खराब बानीका कारण तनावमा छन् बुवा बाेनी कपुर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles