एजेन्सी, ७ माघ । साउथ फिल्मकी अभिनेत्री प्रिया प्रकाश वरियरको बलिउड डेब्यूको प्रतिक्षा अब लगभग समाप्त भैसकेको छ । हालै प्रियाको रिलिज हुन लागेको फिल्म ‘श्रीदेवी बंगलो’ को ट्रेलर रिलिज भएको छ । तर फिल्मको ट्रेलरमाथि नै अहिले विवाद उत्पन्न भएको छ ।
वास्तवमा यो फिल्मको नाम होस् वा ट्रेलर दुबैलाई फिल्म अभिनेत्री श्रीदेवीको जिन्दगीमा आधारित रहेको तरिकाले पेश गर्न लागिएको अनुमान लगाउन सकिन्छ । तर फिल्म निर्माणकर्ताहरुले यो कुरालाई अस्वीकार गरेका छन् ।
तर फिल्मको ट्रेलरमा देखाइए अनुसार फिल्मभित्रको एक पात्रको लाश बाथटबमा भेटिन्छ । अब अभिनेत्री श्रीदेवीको मृत्युको प्रकृति कस्तो थियो त्यो कुरा जगजाहेर छ । वास्वतमा फिल्ममा श्रीदेवीको जीवनसँग मिल्ने घटनाहरु ट्रेलरमार्फत देखाइएको छ ।
ट्रेलर रिलिज भएपछि श्रीदेवीका श्रीमान् तथा प्रोड्युशन बोनी कपुरले फिल्मका निर्माण टोलीलाई कानूनी नोटिस पठाएका छन् । बोनी फिल्ममार्फत श्रीदेवी वा उसको परिवारको छविमाथि कुनै आँच नआओस् भन्ने चाहन्छन् । फिल्म निर्देशक प्रशान्त मांबुलीले नोटिस पाएको र त्यसको सामना कठघरामा गर्न तयार रहेको बताएका छन् ।
जब यसबारे अभिनेत्री प्रिया प्रकाशलाई प्रश्न गरियो तब उनले भनिन्, ‘यो फिल्म श्रीदेवीको जीवनमा आधारित हो वा होइन भन्ने थाहा पाउन तपाईहरुले फिल्म गएर हेर्न आवश्यक छ । म त मात्र एकजना सुपरस्टारको रोल गर्दैछु, जसको नाम श्रीदेवी हो ।’
The post प्रिया प्रकाश श्रीदेवी बनेपछि बोनी कपुरले दिए यस्तो प्रतिक्रिया appeared first on Sajha Post.