Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जावेद अख्तर हिरानीको बचाउमा बोले, ‘हिरानी एक सालिन व्यक्ति’

$
0
0

काठमाडौँ, ३ माघ । बलिउडका भेट्रान फिल्म मेकर राजकुमार हिरानीको नाम विवादमा फसे।

उनको साथमा फिल्म सन्जुमा काम गर्ने असिस्टेन्ट निर्देशकका रुपमा काम गरेकी एक महिलाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार उनीमाथि राजकुमार हिरानीले ६ महिनासम्म यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

उनले यसबारे फिल्म निर्देशक विधु विनोद चोपडालाई एउटा इमेल पनि गरेको बताएकी थिइन्। तर, फिल्म मेकर राजकुमारका वकिलले उनीमाथि लागेको सबै आरोपको खारेज गरेका थिए ।

अब उनको पक्षमा बलिउडका चर्चित हस्तीहरुले प्रतिक्रिया दिएका छन् । केही दिन अगाडि अरसद वार्सीले उनको पक्षमा प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, बिना प्रमाण कसैले पनि आरोप लगाउन हुँदैन ।

त्यस्तै अब फिल्म राइटर जाबेद अख्तरले पनि हिरानीको पक्षमा प्रतिक्रिया दिदै भनेका छन्,’हिरानी एक सालिन व्यक्ति हुन् । म यो फिल्म उद्योगमा सन् १९६५ मा आएको थिए । यस फिल्ममा केहीमात्र सालिन व्यक्तिहरु रहेका छन् । तीमध्येका एक हुन् राजकुमार हिरानी । उनीमाथि आरोप लागेपछि मलाई जिबी साहको भनाइ याद आयो । धेरै राम्रो व्यक्ति हुनु पनि निकै खतरनाक हुन्छ ।’

The post जावेद अख्तर हिरानीको बचाउमा बोले, ‘हिरानी एक सालिन व्यक्ति’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles