एजेन्सी, १ माघ । बलिउडका कतिपय स्टारहरु आज विश्वको धनाढ्यको सूचीमा छन् भने कतिपय अन्न दानाका लागि संघर्ष गरिरहेका छन् । आज हामी तपाईलाई बलिउडका एकजना यस्तै अभिनेताको बारेमा बताउँदैछौं, जसले बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन र दिलिप कुमारसँग काम गरिसकेका छन् । तीनसय भन्दा बढी फिल्ममा काम गरिसकेका यी अभिनेता आज अन्नको दानाका लागि तड्पिरहेका छन् ।
सतीश कौल नै ती कलाकार हुन् जसलाई भर्खरै पञ्जाब सरकारले पाँच लाख रुपयाँ मद्दतका लागि पठाएका छन् । त्यो सहायता राशी लुधियाना पश्चिमका एसडीएस सागर सेतियाले कौलको घरमा आफैं पुगेर उनलाई हस्तान्तरण गरेका थिए ।
मुख्यमन्त्री कैप्टन अमरिंदर सिंहले सतीश कौलको बारेमा मिडियामा छापेको खबरमाथि तुरुन्त एक्सन लिदैं डिसी प्रदिप कुमार अग्रवाललाईृ कलाकारको आवश्यक मागको बारेमा पञ्जाब सरकारलाई तुरुन्त रिपोर्ट गर्न पठाएका थिए ।
सतीश कौलको अवस्थाबारे बुझ्न डिसी अग्रवाल उनको घरमा पुगेका थिए । उनको अवस्थाबारेमा जानकारी हासिल गरेपछि मुख्यमन्त्री कैप्टन अमरिंदर सिंहले रिपोर्ट पठाए । डिसीलाई कौलले आफू लामो समयदेखि भिखारीको जस्तो जीवन बिताइरहेको बताएका थिए । त्यस रिपोर्ट पञ्जाब सरकारलाई पठाइएपछि त्यसमाथि राज्य सरकारले विचार गरेको थियो ।
सतीश कौल पछिल्लो धेरै वर्षदेखि ओच्छ्यानमा छन् । सतीश कौलले आफ्नो जीवन निकै अभावमा गुजारिरहेका छन् । सतीश हिन्दी र पञ्जाबी फिल्मको परिचित नाम हो । सन् १९७४ देखि १९९८ को बीचमा तीनसय भन्दा धेरै फिल्महरुका काम गरिसकेका छन् । त्यस समय उनलाई सजिलै फिल्म मिल्ने गर्थे ।
वास्तवमा सतीश आज यो अवस्थामा आइपुग्नुको पछाडी उनको व्यापारमा घाटा हुनु हो । उनको अनुसार उनले एउटा अभिनय स्कूल खोलेका थिए तर त्यो चल्न नसकेपछि उनको २२ लाख पूँजी डुबेको थियो ।
त्यसपछि उनको हालत केही महिना अघिदेखि निकै बिग्रियो र उनी अस्पतालमा भर्ती भए । तर अस्पतालमा उपचारका लागि उनीसँग पैसा थिएन । यो कुरा मिडियामा आएपछि फिल्म क्षेत्रका केहीले उनलाई मद्दत पनि गरे । उनलाई पटियाला विश्वविद्यालयबाट प्रत्येक महिना सहयोग रकम आउँथ्यो तर त्यो पनि अहिले बन्द भयो ।
सतीश कौलका अनुसार आज उनलाई भेट्न जो आउँछन् उनीहरुले दिएको पैसाबाट उनी आफ्नो गुजारा गर्दैछन् । सतीश कौल अहिले ६४ वर्षका भए ।
The post अमिताभ र दिलिप कुमारसँग काम गरेका दिग्गज अभिनेता अहिले अन्नको लागि गर्दैछन् यस्तो याचना appeared first on Sajha Post.