मुम्बई । बलिउडमा सलमान र कट्रिनाको जोडीलाई हिट मान्ने गर्छन् । पर्दामा पनि दर्शकले साथ दिएका थिए । यिनीहरुको केही समय प्रेमसम्बन्धमा रहेको भनिएको थियो । अझ सलमानले नै कट्रिनालाई बलिउडमा टिकाइदिएको समेत चर्चा चलेको थियो ।
अब फेरी पनि यी दुई एकसाथ पर्दामा अाउने चर्चा चलेको छ । भारतीय सञ्चारमाध्यमहरुले कबिर खानको फिल्म ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा है’ मा कट्रिनाको नकारात्मक भूमिका हुने बताएका छन् । यसमा कट्रिनाले सहमति जनाइसकेको बताइएको छ ।
सन् २०१२ मा रिलिज भएको फिल्म ‘एक था टाइगर’मा सलमानको जोडी कट्रिना थिइन् । अब अाउने सिक्वेल फिल्म २०१७ को क्रिसमसमा रिलिज हुने बताइएको छ ।
The post कट्रिना किन लाग्दैछिन् सलमानको बिरुद्धमा ? appeared first on Sajha Post.