एजेन्सी, २२ पुस । राजनीतिमा आउने घोषणा गरेका दक्षिण भारतीय फिल्मका चर्चित एक्टर प्रकाश राज लोक सभा चुनावमा निर्दलिय उम्मेदवारको रुपमा लड्ने भएका छन् ।
राष्ट्रिय पुरस्कार विजेता समेत रहेका उनले बेंगलरु केन्द्रि संसदीय सीट बाट चुनावी मैदानमा उत्रिने घोषणा गरेका हुन् ।
लामो समयदेखि भारतीय जनता पार्टीको आलोचना गर्दै आइरहेका उनले अन्तत राजनीतिमा आउने घोषणा गरेका हुन् । उनी उठ्ने भनिएको स्थान बिजेपीको कब्जामा रहेको छ । बिजेपीका नेता पीसी मोहनले उक्त ठाउँबाट लगातार दुई पटक जितेर सांसद बनेका थिए ।
उनले कांग्रेसका नेता एचटी संगलियानालाई ६ हजार भोटले हराएका थिए । बिजेपीको गण रहेको ठाउँमा उनको राजनीतिक करिअर कसरी अगाडि बढ्ने हो त्यो भने चासोको विषय बनेको छ ।
The post लोकसभा चुनावमा अभिनेता प्रकाश राजले उम्मेदवारी दिने घोषणा appeared first on Sajha Post.