एजेन्सी, १३ पुस । २०१८ को वर्षमा एउटै फिल्ममा नदेखिएकी सन्नी लियोनले २०१८ को वर्षमा सबैभन्दा धेरै गुगलमा खोजिने सेलिब्रेटी बनेर बलिउडकी धड्कन बनेकी क्याटरिना कैफ र दिपिका पादुकोणलाई पछि पारेकी छिन् ।
यसैगरी यसै मामिलामा कैटरिना र अनुष्का शर्माले बलिउडका तीन खान सलमान, शाहरुख र आमिरलाई पनि पछि पारेका छन् । गुगल सर्चको मामिलामा अनुष्का शर्मा र प्रियंका चोपडालाई पनि यी एडल्ट स्टार सन्नी लियोनले धेरै पछि पारेकी छिन् ।
मिन्ट अखबारको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्टका अनुसार सन्नी लियोनलाई २०१८ मा गुगल खोजीको शीर्ष स्थानमा ल्याउन यसैवर्ष रिलिज भएको उनको बायोपिक वेभ सिरिज ‘करणजीत कौर’ पर्याप्त रहेकोछ ।
यो सूचीमा सन्नी लियोनीपछि क्रमशः क्याटरिना कैफ, दिपिका पादुकोण, प्रियंका चोपडा र अनुष्का शर्मा रहेका छन् । बलिउडका पुरुष सेलिब्रेटीमा सबैलाई सलमान खानले उछिने पनि उनी सन्नी लियोनभन्दा पछि नै परेका छन् ।
The post क्याटरिना कैफलाई यहाँ पछारिन् सन्नी लियोनले appeared first on Sajha Post.