काठमाडौँ, ७ पुस । बलिउड स्टार अक्षय कुमारको फिल्म ‘क्रेक’ बन्द हुने भएको छ । बलिउड फिल्म मेकर निरज पाण्डे अक्षय कुमारलाई फिल्म निर्माण गर्ने धेरै अगाडि घोषणा गरेका थिए ।
रिलिज डेट पनि फिक्स भएको थियो । तर, फिल्मको सुटिङ समेत सुरु नभएको यस फिल्म अब नबन्ने भएको छ । उनले यो प्रोजेक्ट बन्द गरेको बताइएको छ ।
अक्षय कुमारले यस फिल्मप्रति रुची नदेखाएपछि फिल्म बन्द गर्ने निर्णयमा पुगेको बताइएको छ । पछिल्लो समय अक्षय कुमार आफ्नो होम प्रोडक्सनमा बढी व्यस्त छन् ।
उनी आफै फिल्म निर्माण गर्न बढी ललायित भएका कारण अरुहरुको प्रोजेक्टमा खासै ध्यान नदिने समेत बताइएको छ ।
.
The post नबन्ने भयो अक्षय कुमारको फिल्म ‘क्रेक’ appeared first on Sajha Post.