Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

क्यान्सरलाई जितेर मुम्बई फर्केिइन सोनाली

$
0
0

मुम्बाई, भारत १७ मंसिर । बलिउडकी प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकामा क्यान्सरको उपचारपछि घर फर्किएकी छन् । उनि सोमबार विहान सबेरै मुम्बाई फर्किएकी  हुन् ।
सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्किएको उनका श्रीमान गोल्डी बेहलले बताएका  छन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताएका  छन् ।
करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताएका  छन् ।
यस अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनको लागि बेहलले धन्यवाद दिए । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताएका  छन् ।
न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएकोमा आफू अत्यन्त खुशि भएको बेहलले बताएका  छन् ।
अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताएका  छन् ।

The post क्यान्सरलाई जितेर मुम्बई फर्केिइन सोनाली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles