काठमाडौं, २० कात्तिक । सदावहार नायिका तथा नयाँ शक्ति पार्टी नेपालकी नेतृ करिष्मा मानन्धरले राष्ट्रियता प्रदर्शनको विषय नभएको मत राखेकी छन् ।
पछिल्लो समय राष्ट्रियताको बारेमा सामाजिक सञ्जालमा चर्किएको बहसबारे धारणा राख्दै उनले राष्ट्रियता हरेक नेपालीको रगतमा रहेको बताएकी हुन् । ‘मेरो विचारमा राष्ट्रियता हरेक नेपालकीको रगतमा छ,’ फेसबुकमा उनले लेखेकी छन्, ‘यसको प्रदर्शन कुनै नेपालीले गर्नुपर्दैन ।’
उनले हरेक नागरिकले देश र जनताको लागि को सही र को गलत छुट्याउनु पर्नेमा जोड दिएकी छन् । उनी भन्छिन्, ‘देश र जनताको लागि को सही र को लगत छुट्याउनुपर्छ होला ।’
पछिल्लो समय राजनीतिमा सक्रिय करिष्माको निष्कर्ष छ, ‘सही नेतृत्व र सुशासनले मात्रै देशले निकास पाउँछ ।’
The post राष्ट्रियता हरेक नेपालीको रगतमा छ, प्रदर्शन गर्नु पर्दैन : करिष्मा appeared first on Sajha Post.