काठमाडौं, ४ असोज । नेपाली चलचित्रका हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो ३५ औं जन्मदिन मनाएका छन् । रेडियो अडियोले विशेष कार्यक्रमको आयोजना गरी धुर्मुसको जन्मदिन मनाएको हो । कार्यक्रममा उनकी श्रीमती तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली) सहित केदार घिमिरे (माग्ने बुढा)को पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा धुर्मुसले केक काटेर जन्मदिनको खुशीयाली मनाइरहेका थिए भने धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि माहोल निकै तातिएको थियो ।
जन्मदिन विशेष कार्यक्रममा सितारामलाई शुभकामना दिँदै श्रीमती कुञ्जनाले सिताराम आफ्नै निम्ति भनेर यो धर्तीमा आएको धारणा व्यक्त गरिन् ।
केदार घिमिरेले सितारामसँगको सहकार्यलाई सरसर्ती सम्झिए । उनले सितारामले देशका निम्ति गरेको योगदानले सिंगो कलाकारिता क्षेत्रको शिर उच्चभएको बताएका थिए ।
हिजोआजका कुरा टेलिश्रृंखलाबाट कलाकारितामा प्रवेश गरेका सिताराम यतिबेला कलाकारितासँगै विकास निर्माणमा समेत लागिपरेका छन् ।
The post धुर्मुसको जन्मदिनमा कुञ्जनालाई खुलेआम किस appeared first on Sajha Post.