Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नेपाल आइडल बुद्ध नर्भिक अस्पतालमा भर्ना

$
0
0

काठमाडौँ, २ असोज । अहिले नेपाल आइडलको सीजन २ चलिरहेको छ । उत्कृष्ट प्रतिस्पर्धीहरुबाट सर्वोत्कृष्ट खोज्ने प्रयास जारी छ । सबैजना दोस्रो नेपाल आइडलको खोजीमा जुटेका बेला पहिलो नेपाल आइडल बनेका बुद्ध लामा भने यतिबेला अस्पताल भर्ना भएका छन् ।

सोमबार बिहानदेखि सामान्य ज्वरो आएका बुद्धा दिउँसो आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । तर त्यहाँ पुगेपछि ज्वरो बढेपछि रेकर्डिङ काम छोडेर आराम गर्न भन्दै उनी घर फर्किएका थिए । तर घर पुग्नासाथ उनी आँगनमै बेहोस भई ढलेपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको हो । अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ ।

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

The post नेपाल आइडल बुद्ध नर्भिक अस्पतालमा भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles