काठमाडौं, ३० भदौ । भदौ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘रोज’को व्यापार सन्तोषजनक रहेको वितरक पक्षले जनाएको छ । साँढे तीन दर्जन सिनेमा हलहरुमा दोस्रो सातामा प्रदर्शन भईरहेको यस चलचित्रले अहिलेसम्म दुई करोड ७६ लाखको व्यापार गरिसकेको वितरकद्वय गोविन्द शाही र मनोज राठीले जानकारी दिएका छन् ।
अभिनेता प्रदीप खड्काले चकलेटी भूमिका निर्वाह गरेको यस चलचित्र काठमाडौंका मल्टिप्लेक्स र सिँगल थिएटरमा हाउसफुल रहेको बताइएको छ । शनिबार गोपिकृष्णको गोपि, गुण, अष्ट, बाराही, क्युएफएक्स सिभिज, एफक्युज केल टावर, कलँकी, बिएसआर बालाजु लगायतका फिल्महलहरुमा हाउसफुल भएको बताइएको छ ।
यो चलचित्र प्रदर्शन भएको पहिलो साता बिहिबारसम्मको व्यबसायिक रिपोर्ट सार्वजनिक गर्दै रोजले २ करोड ७६ लाखको व्यापार गरेको वितरकद्धयले जानकारी गराएका छन् ।
निरक पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रदीपसँगै पारमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत अभिनय छ ।
The post चर्चा ‘रोज’को: २ करोड ७६ लाखको व्यापार ! appeared first on Sajha Post.