मुम्बई । प्रियंका चोपडाको बारेमा उनको पूर्व म्यानेजर प्रकाश जाजूले एक रोचक खुलासा गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘आज पिसी (प्रियंका चोपडा) शक्तिशाली देखिन्छिन् होली, तर आफ्नो संघर्षको दिनमा उनी एकदमै कमजोर थिइन् । उनले दुई तीन पटकसम्म आत्महत्याको प्रयास समेत गरेकी थिइन, तर मैले उनलाई हरप्रयास गरेर रोकेको थिएँ ।’
प्रियंकाको पूर्व म्यानेजर प्रकाश जाजूले उनको पूर्वप्रेमीलाई लिएर पनि अर्को दावी गरेका छन् । जाजूले प्रियंकाको संघर्षका दिनहरुको बारेमा धेरै कुराहरु खुलासा गरेका छन् ।
प्रियंकाको पूर्वप्रेमी भनिने असिम मर्चेन्टसँग सम्बन्ध र झगडा समेत भएको उनले दावी गरे । उनले ट्वीट गर्दै लेखेका छन्, ‘हरेक दिन प्रियंका र असिमबीच झगडा हुने गर्दथ्यो । रातको २–३ बजेतिर रुँदै उनले मलाई फोन गर्थिन् र मैले उनलाई पकाउँथेँ ।’
जाजूले फिल्म उद्योगमा आउन चाहने युवतीहरुको अवस्थालाई लिएर कयौं ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘टिभी र फिल्म नायिकाको मुम्बईमा एक्लै रहनाले तनावको समयमा परिवारबाट कुनै नैतिक समर्थन गर्ने कोही हुँदैनन् । मुम्बई जन्मिए र हुर्केबढेका युवतीहरु अन्य सामान्य सहरबाट आउनेभन्दा फरक हुन्छन् । उनीहरु बढी शक्तिशाली हुन्छन् ।’
शुक्रबार बालिका वधूमा आनन्दीको भूमिका निर्वाह गर्ने प्रत्यूषा बनर्जीले आत्महत्या गरेकी थिइन् ।
प्रियंकाले आफ्ना सुरुवाती दिनहरुमा जाजूलाई आफ्नो म्यानेजरको रुपमा राखेकी थिइन् । प्रियंकाको जाजूसँग धेरै अगाडि नै झगडा भइसकेको छ । केही समयअगाडि जाजूको विरुद्ध प्रियंकाका बाबुले मुद्दा समेत दायर गरेका थिए । उनले आफ्नी छोरीको निजी जीवनमा खलल् पुर्याएको आरोप लगाएका थिए । यही मुद्दामा जाजूले ६७ दिनसम्म जेल जीवन बिताएका थिए ।
The post ‘प्रियंका चोपडाले पटक-पटक आत्महत्याको प्रयास गरेकी थिइन्’ appeared first on Sajha Post.