एजेन्सी, १९ भाद्र । बलिउडमा जसरी ऐश्वर्या राय र सलमान खानको ब्रेकअपको चर्चाबाट सबै बिदित छ त्यसरी नै अभिषेक बच्चन र करिश्मा कपुरको एंगेजमेन्ट टुटेको खबर पनि चिरपरिचित नै छ । एंगेजमेन्ट टुटेपछि दुबैको प्रेम सम्बन्ध पनि विधिवतरुपमा अन्त्य भएको थियो ।
हालै अभिषेककी बहिनी श्वेता बच्चनले आफ्नो क्लेदिङ ब्राण्ड शुरु गरिन् । यसको उद्धाटन समारोहमा सम्पूर्ण बच्चन परिवार उपस्थित थियो । श्वेताले ठूलाठूला सेलिब्रेटीसँगै करिश्मा कपुरलाई पनि निमन्त्रणा दिएकी थिइन् ।
अभिषेक पनि उक्त समारोहमा श्रीमती ऐश्वर्यासँग उपस्थित थिए । जब मिडियाका लागि अभिषेक ऐश्वर्यासँग पोज दिइरहेका थिए तब करिश्मा उनकै अघि उभिएकी थिइन् तर अभिषेकले उनलाई वेवास्ता गर्दै ऐश्वर्यालाई लिएर त्यहाँबाट अगाडी लागे । त्यही अभिषेककी बहिनी श्वेताले भने करिश्मासँग पुरानो मित्रको जस्तै हार्दिक व्यवहार गरिन् ।
श्वेताले करिश्मालाई अंगालो हालिन् र दुबैले साथमा मिडियालाई पोज दिए । तर श्वेताले ऐश्वर्या आउँदा भने त्यस्तो प्रतिक्रिया दिएकी थिइनन् । यसलाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले उनलाई उडाएका छन् । प्रयोगकर्ताहरुले श्वेता आफ्नो भाउजुको भन्दा करिश्माको बढी मित्र भएको बताएका छन् ।
The post श्रीमती ऐश्वर्याकै अगाडी अभिषेकले पूर्व प्रेमिका करिश्मासँग गरे यस्तो व्यवहार appeared first on Sajha Post.