Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

२५ वर्ष पुग्न अघि अवश्य हेर्नुहोस् यी १० फिल्म, बदलिने छ जीवनप्रतिको धारणा

$
0
0

एजेन्सी, १८ भाद्र । बलिउडले केही यस्ता फिल्महरुको निर्माण गरेको छ जसलाई २५ वर्षको उमेर अघिका युवाहरुले हेर्नैपर्छ । तनावका कारणले जीवनको मूल्यलाई नबुझेर बाँचिरहेका मानिसका लागि यी फिल्महरुले नयाँ शिराबाट जीवन जिउने कला र प्रेरणा जगाउन सक्छन् ।

यी फिल्ममध्ये पहिलो फिल्म अभिनेता ऋतिक रोशनको फिल्म ‘लक्ष्य’ रहेको छ । यस फिल्मले जीवनमा यदि कुनै लक्ष्य छैन भने सफलता प्राप्त गर्न नसकिने बताउँछ । समयमा सुत्न र उठ्न आफ्नो लक्ष्यप्रति प्रतिवद्ध हुन यस फिल्मले सिकाउँछ ।

त्यस्तै तीन साथीहरुको जीवनमा आधारित फिल्म ‘दिल चाहता है’ ले पनि नौजवानहरुलाई निकै ठूलो ज्ञान दिन्छ । आमिर, सैफ अली र अक्षय खन्नाले यस फिल्ममार्फत् जीवनको प्रत्येक पल बहुमूल्य हुने शिक्षा दिएका छन् ।

फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा आफुले आफुलाई कहिल्यै रोक्न नहुन देखाइएको छ । फिल्मको अनुसार २५ वर्ष उमेरको चौथो हिस्सा हो जब पुरै विश्वलाई जित्न सकिन्छ । तर यो भागदौडको जीवनमा यो उमेरको मूल्यलाई मानिसले बुझ्दैनन् ।

वर्ष २००९ मा रिलिज भएको फिल्म ‘थ्री इडियट्स’ ले कति धेरै नौजवानहरुको हौसलालाई बलियो बनाएको छ । आमिर, माधवन, शरमन साथै बोमन इरानीले शिक्षाको पुरै प्रणालीलाई खोतलेर फिल्ममा राखिदिएका छन् ।

फिल्म ‘रंग दे बसन्ती’ नौजवान र देशभक्तिमाथि आधारित छ । यस फिल्ममा कसरी आफ्नो विचारको प्रयोग गर्ने र त्यसलाई मानिसहरुसम्म पुर्‍याउने र समाजलाई बुझ्ने र बुझाउने भन्ने कुरालाई स्पष्ट पारिएको छ ।

अभिनेता फरहान अख्तर अभिनित बायोपिक फिल्म ‘भाग मिल्खा भाग’ ले तपाईको जीवनमा स्फूर्ति पैदा गर्न सक्छ र यसले तपाईको हौसलालाई अझ बलियो बनाउन सक्छ । फिल्मा जीवनमा सफलता हात पार्ने जमिनी आधारहरुलाई पस्किएको छ ।

रणवीर कपुर अभिनित फिल्म ‘रकस्टार’ मा एक गायकको संघर्षको कथालाई पस्किएको छ ।

फिल्म ‘क्वीन’ मा अभिनेत्री कंगना रनावतले महिला कमजोर नभएर सहासी हुने देखाएकी छिन् । कंगनाले फिल्ममा एउटा कमजोर केटीबाट साहसी केटीसम्म पुग्दाको यात्रालाई देखाएकी छिन् ।

फिल्म ‘चख दे इन्डिया’ मा शाहरुख खानले भारतीय महिला हक्की टिमका एक एक खेलाडीलाई यसरी पेश गरेका छन् की प्रत्येक एकमा जीत र सफलताको चेतना पैदा गराएका छन् । फिल्मले नौजवानलाई अगाडी बढ्नका लागि प्रेरणा प्रदान गर्छ ।

अन्तिममा कुरा गर्दैछौं फिल्म ‘तारे जमिन पर’ को । फिल्ममा एक बच्चाको गतिविधि र मनलाई बुझेर उसको भविष्यको दिशा निर्धारण गर्न सहयोग गरिएको छ ।

The post २५ वर्ष पुग्न अघि अवश्य हेर्नुहोस् यी १० फिल्म, बदलिने छ जीवनप्रतिको धारणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles