मकवानपुर , २३ साउन । हेटौंडामा उपमहानगरपालिकामा रहेको ओम्याक्स थ्रीडी फिल्म हलमा आगलागी भएको छ।
चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।
आगो २ तले भवनको सबैभागमा फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको हो । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
The post हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी appeared first on Sajha Post.