एजेन्सी, १८ साउन । बलिउडका अभिनेता इरफान खान अहिले क्यान्सरसँग जुझ्दै लण्डनमा आफ्नो उपचार गराइरहेका छन् । इरफानलाई न्यूरोएंडोक्राइन ट्युमर भएको छ । जुन एक किसिमको दुर्लभ क्यान्सर हो । आफ्नो बिमारीबारे हालै उनले एक अन्तर्वार्तामा कुरा गरेका छन् ।
इरफानले आफू संक्रमित रहेको किसिमको क्यान्सरमा ६ वटा किमोथेरापी सेशन हुन्छ । जसमध्ये चारवटा पुरा भैसकेको बताएका छन् । चौथो सेशनपछि स्क्यानमा राम्रो संकेत पाएको उनले बताए । उनले आफ्नो परिक्षण सकरात्मक भएको बताए । ६ वटा सेशन पुरा भएपछि एकपटक पुनः क्यान्सर स्क्यान हुने उनले बताए ।
उनले अन्तर्वार्तामा अगाडी भने, ‘विश्वमा कुनै पनि मानिसको जीवनको कुनै ग्यारेन्टी छैन । अचेल धेरै पटक मनमा यस्तो विचार पलायो कि म आफ्नो घाँटीमा एउटा बोर्ड टांगु र त्यसमा मलाई बिमारी छ र म केही दिनमा मर्दैछु भनेर लेखौं । मेरो दिमागमा सधैं म केही दिन, महिना वा वर्षमा मर्छु भन्ने कुरा चल्छ ।’
इरफान पुन: आफ्नो हौसला बढाउँदै भन्छन्, ‘कहिले सोच्छु सबै कुरालाई भुलेर फेरी बाँच्न सुरु गरुँ । जिन्दगी फेरी मलाई जिउने मौका दिदैँछ, मलाई यस्तो लाग्दैछ मेरो चारै तिर अध्याँरो छ र मलाई जिन्दगीले के दिदैँछ भनेर म देख्न सकिरहेको छैन ।’
The post केही दिनमा मर्छु, घाँटीमा एउटा बोर्ड बाँध्न चाहन्छु : इरफान खान appeared first on Sajha Post.