Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आफ्नै निर्णयका कारण पछुताउँदै दीपिका

$
0
0

 

दीपिका पादुकोण

मुम्बई, २० असार । पछिल्लो समय बलिउड अभिनेत्री दीपिका पादुकोणले एक वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने निर्णय गरेकी थिइन् । दीपिकाले सञ्जयलीला भन्सालीसँग ‘बाजीराव मस्तानी’ र ‘पद्मावत्’मा काम गरेपछि एक वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने निर्णय गरेकी हुन् ।

उनी अहिले आफ्नै निर्णयका कारण अप्ठेरोमा परेकी छिन् । फिल्म ‘सपना दिदी’को सुटिङ बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा समस्या आएका कारण स्थगति भएपछि दीपिकालाई पूर्व निर्णयले अप्ठ्यारो पारेको हो । इरफान काममा आउन नसक्दा उनलाई ठूलो घाटा भयो । अहिले उनलाई कामको अभाव भइरहेको छ ।

पहिला अफर आउँदा निर्मातालाई पर्खन भनेकी उनी अहिले बेरोजगार बनेकी छिन् । एकपटकमा दुई तीनवटा फिल्म साइन नगर्दा उनी अहिले ग्लानिको पीडामा छिन् । ‘पद्मावत्’पछि दीपिका कामको खोजीमा छिन् ।

The post आफ्नै निर्णयका कारण पछुताउँदै दीपिका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles