एजेन्सी, १५ असार । बलिउड सुपरस्टार सलमान खान अहिले ‘रेस ३’मा व्यस्त छन् । यस फिल्ममा सलमान श्रीलंकन सुन्दरी ज्याकलिन फर्नांडिजसँग रोमान्स गरेका छन् । ज्याकलिन र सलमानको केमेष्ट्रीले एकपटक सबैको ध्यान भंग गरिदिएको छ । हालै यो जोडी एकपटक पुन: म्यागजिनको कभरमा देखिएका छन् । यो फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
कालो रंगको आउटफिट्समा दुवै आकर्षक देखिएका छन् । यस फोटोशूटलाई ज्याकलिनले सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् ।
The post म्यागजिनको कभरमा देखिए सलमान-ज्याकलिन appeared first on Sajha Post.