एजेन्सी, १५ असार । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकी गायक निक जोनससँगको अफेयरका कारण चर्चामा छिन् । हालै उनले निकसँग गोवामा छुट्टी मनाएर फर्केकी हुन् । यसका साथै उनले सलमान खानसँग फिल्म ‘भारत’मार्फत कमब्याक गर्न लागेकी छन् । यस फिल्ममा एकपटक फेरि सलमान र प्रियंकको जोडी जम्ने देखिन्छ । फिल्ममा सलमानको पाँच फरक अवतारमा देखिने बताइएको छ । तर, अहिले प्रियंका पनि सलमानजस्तै पाँच भिन्न अवतारमा देखिने खबर आएको छ ।
एक रिपोर्टका अनुसार फिल्मका निर्देशक अली अब्बास जफरले सलमान खान जस्तै प्रियंका पनि पाँच अलग-अलग लुकमा देखिने बताएका छन् । यस फिल्ममा उनी २८ देखि ६० वर्षसम्म र सलमान २५ देखि ६५ वर्षसम्मको भूमिकामा देखिनेछन् । यी सबै लुक्सहरु वीएएफएक्सको माध्यमबाट गरिनेछ ।
सलमानको यो एक ठूलो प्रोजेक्ट हो । यसमा भारतको ७० वर्षको इतिहास हुनेछ । भारत-पाकिस्तानको कहानी यसैमार्फत बाहिर देखिनेछ । यसका लागि पाकिस्तानको सीमानामा पनि फिल्मको शूटिङ गरिनेछ । यो फिल्म कोरियन फिल्म ‘ओड टु माय फादर’बाट प्रभावित छ ।
The post सलमानसँगै ‘भारत’मा प्रियंका पनि गर्नेछिन् पाँच रोल ! appeared first on Sajha Post.