एजेन्सी, १४ असार । मुकेश अंबानीका छोरा आकाश अंबानीको ३० जूनमा बिहे हुँदैछ । बिहेअघि प्रि-इंगेजमेंट मेहन्दी सेरेमनी भयो । आकाश र श्लोकाको मेहन्दी फंक्शनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
श्लोका र आकाशको मेहन्दी सेरेमनीमा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि उपस्थित थिइन् । प्रियंका त्यहाँ उनको कथित प्रेमी निक जोनससँग पुगेकी थिइन् ।
मेहन्दी फंक्शनका लागि श्लोकाले नेवी ब्लू र क्रिम कलरको लहंगा पहिरिएकी थिइन् । उता आकाशले साधारण सेतो कुर्ता लगाएका थिए । उक्त पहिरनमा दुवै सुन्दर देखिएका थिए ।
आकाश र श्लोकाको मेहन्दी सेरेमनीमा प्रियंका साडीमा पुगेकी थिइन् । उनले डिजाइनर तरुण तहलियानीको साडी पहिरिएकी थिइन् ।
The post प्रेमी निक जोनससँग अम्बानीको घर पुगिन् प्रियंका appeared first on Sajha Post.