Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘बुलबुल’ मा स्वस्तिका टेम्पो ड्राइभर

$
0
0

११ असार । कलाकार भएपछि धेरै पटक मर्नुपर्छ रे धेरै पटक विवाह गर्नुपर्छ रे अनि बाल्यावस्थादेखि जीवनको अन्तिम क्षणलाई पनि दर्शकमाझ दुई घण्टामा देखाउन सक्नुपर्छ । कथा–पटकथाअनुसार अभिनय गर्न सक्ने कलाकार मात्रै टिक्न सक्छ यहाँ । त्यस्तै चर्चित अभिनेत्री स्वस्तिकामा खड्काले पनि आफूलाई फरक भूमिका देखाउने भएकी छिन् । चलचित्र ‘बुलबुल’मार्फत स्वस्तिकाले आफूलाई ट्याम्पो ड्राइभरको भूमिकामा देखाउँदै छिन् ।

राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथामा आधारित भएर निर्माण गर्न लागिएको यस फिल्म ‘बुलबुल’का लागि अभिनेत्री स्वस्तिकाले दुई महिना लगाएर आफूले ट्याम्पो सिकेको समेत खुलासा गरिन् ।
सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्रमा स्वस्तिमाका अलावा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतको अभिनय रहनेछ ।

चलचित्रलाई विनोद पौडेलले निर्देशन गर्नेछन् भने उनकै कथा तथा पटकथा छ । उक्त चलचित्रका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् । स्वर भने रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् । शुशन प्रजापतिको छायांकन रहने यस चलचित्रलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

The post ‘बुलबुल’ मा स्वस्तिका टेम्पो ड्राइभर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles