पोखरा, २७ जेठ । लोक दोहोरी गायिका तुलसी क्षेत्रीको व्यस्तता बढ्दै गएको छ । वि.स.२०६८ मा ‘वैश जोवनमै’ गीतमार्फत साँगीतिक दुनियाँमा प्रवेश गरेकी गायिका क्षेत्रीले हालसम्म दुई दर्जनबढी गीतमा आवाज भरेकी छन् ।
मेला महोत्सव र विदेशका कार्यक्रममा समेत उनी व्यस्त हुन थालेकी छन् । हालसम्म हङकङ, थाइल्याण्ड, कतार, सिंगापुर सहित युरोपका केहि देशमा पुगेर आफ्नो प्रस्तुती राखिसकेकी छन् । गीत गाउने मात्र हैन उनले अभिनय समेत गर्छिन् । उनले दुई नेपाली ठूलो पर्दाका चलचित्रमा समेत अभिनय गरेकी छन् ।
यतिबेला तीज गीतको तयारीमा उनी छन् । उनका ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिड’, ‘जवानीले मागेको कुरा’, ‘सम्झना छैन, ‘के मा बस्यो मोहनी’ ‘दिल भित्र चित्र’ लगायतका गीत चर्चामा छन् ।
आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने लगायतका गीतको म्युजिक भिडियोमा उनी मोडलको रुपमा देखिएकी थिइन् ।
दोहोरी गीत प्रतिष्ठान कास्कीकी कोषाध्यक्ष क्षेत्री पोखराबाट निर्माण भएको टेलिफिल्ममा समेत उनले अभिनय गरिन् ।
The post व्यस्त गायिका तुलसी appeared first on Sajha Post.