मस्को, २६ जेठ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत सार्वजनिक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको भिडियो गीतको शीर्षक ‘लिभ इट अप’ रहेको छ ।
१५ दिनअघि नै अडियो सार्वजनिक गरे पनि फिफाले शुक्रबार मात्र भिडियो सार्वजनिक गरेको हो । अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएको गीतमा विल स्मिथ र यरा इन्टनेरफीको पनि साथ रहेको छ ।
गीतमा ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले गायकको साथमा फुटबल कौशल देखाएका छन् ।
हेर्नुहोस् भिडियो-
The post फिफाले सार्वजनिक गर्यो विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो (भिडियोसहित) appeared first on Sajha Post.