एजेन्सी, २२ जेठ । अभिनेता अर्जुन रामपाल र श्रीमती मेहर जेसियाले आफ्नो २० वर्षको वैवाहिक सम्बन्धलाई तोडेको कुरा एक आधिकारीक वक्तव्यमा जारी गरेर सबैमा साझा गरेका छन् ।
यी दुईको सम्बन्ध बिग्रिनुको पछाडी अभिनेता ऋतिक रोशनकी पूर्व श्रीमती सुजैन खान भएको बताइएको थियो । तर अब यथार्थ कुरा सार्वजनिक भएको छ । खबरहरुअनुसार अर्जुनले श्रीमती मेहरसँग सुजैनका लागि नभएर कुनै अरु नै महिलाको लागि सम्बन्ध तोडेको खुलासा भएको छ ।
ती महिलाको नाम नताशा स्टेनकोविक हो । अर्जुनले फिल्म ‘ड्याडी’ को शूटिङको दौरान नताशालाई भेटेका थिए । त्यहीबाट दुईको अफेयर चल्न शुरु भएको हो । यी दुईको अफेयरको खबर हालसम्म बाहिर आएको थिएन । नाताशालाई ‘डिजेवाले बाबु मेरा गाना’ भिडियोमा देख्न सकिन्छ । उनी सर्वियाको बासिन्दा हुन् र बलिउडको डान्सर र मोडल हुन् ।
उनी बिगबोस सिजन ८ को प्रतिस्पर्धी पनि थिइन् । उनले फिल्म ‘हलिडे’, ‘फुकरे रिटर्नस’ मा केमियो रोल पनि गरेकी छिन् ।
नताशा अहिले २६ वर्षकी छिन् र उनी अर्जुनभन्दा १९ वर्ष सानी छिन् । अर्जुन अहिले ४५ वर्षका भए ।
The post १९ वर्ष सानी यी महिलाको लागि श्रीमती छोड्दैछन् अर्जुन रामपाल appeared first on Sajha Post.