Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मिसेस युनिभर्स २०१८’ का लागि नेपालको प्रतिनिधित्व गर्दै मनिषा

$
0
0

काठमाडौं, २१ जेठ । आगामी डिसेम्बरमा फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस् युनिभर्स २०१८’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै मनिषा डंगोल श्रेष्ठ जाने भएकी छिन् ।

सोमबार राजधानीमा एक कार्यक्रमका बिच ई प्लानेट प्रा.लिले श्रेष्ठलाई ‘मिसेस् नेपाल युनिभर्स २०१८’को ताज पहिर्याउँदै ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिको रुपमा सार्वजनिक गरेको हो ।

प्रतियोगितामा जानुअघि मनिषाले कोरियोग्राफर रोजिन शाक्यबाट अभिमुखीकरण र प्रशिक्षण लिने इ-प्लानेटले जनाएको छ।

दुई सन्तानकी आमा उनी फेसन डिजाइनर समेत हुन् । लामो समयदेखि लन्डनमा बस्दै आएकी उनले त्यहाँ लन्डन फेसन हाउस सञ्चालन गरी नेपाली फेसन र संस्कृतिको प्रवर्द्धन गर्दै आएको नेपाल लाइभलाई बताइन् । उनी गैरआवासीय नेपाली संघमा पनि सक्रिय छिन् ।

डिसेम्बर ३ देखि १० सम्म हुने ‘मिसेस युनिभर्स २०१८’ मा ३० भन्दा बढी देशका ४५ वर्षसम्मका विवाहित महिलाहरु सहभागी हुनेछन् ।

यसअघि इ-प्लानेटले मिसेस युनिभर्समा सहभागिताका लागि २०१३ मा मीना घिमिरे, २०१४ मा रजनी थापा र २०१६ मा पद्मिनी झालाई पठाएको थियो । जसमा घिमिरेले मिसेस कन्जिन्यालिटी र थापाले ब्युटीफुल लेडी अवार्ड जितेका थिए।

The post ‘मिसेस युनिभर्स २०१८’ का लागि नेपालको प्रतिनिधित्व गर्दै मनिषा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles